पोखिएर घामको झुल्का भरी संघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है
खोलुँ खोलुँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलुँ बोलुँ लाग्छ है
बोलुँ बोलुँ लाग्छ है
कतिकति आँखाहरू बाटो छेक्न आउँछन्
कतिकति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजुँ रोजुँ लाग्छ है
रोजुँ रोजुँ लाग्छ है
उडुँ उडुँ लाग्छ किन प्वाँख कहिले पलायो
उडुँ उडुँ लाग्छ किन प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमीसित सोधुँ सोधुँ लाग्छ है
सोधुँ सोधुँ लाग्छ है
पोखिएर घामको झुल्का भरी संघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है
खोलुँ खोलुँ लाग्छ है
शब्दः हरिभक्त कटुवाल
संगीतः अम्बर गुरूङ
स्वरः नारायण गोपाल