पीर पर्दा शिर राखी रुने छाती पाइनँ
मलाई चिन्ने मलाई बुझ्ने कोही साथी पाइनँ
पीर पर्दा शिर राखी रुने छाती पाइनँ
पराईको के कुरा र? आफन्तकै चोट सहेँ
पराईको के कुरा र? आफन्तकै चोट सहेँ
ज्वालामुखी मनमा छोपी धेरै वर्ष चुप रहेँ
चुडिएको चन्द्रबन्दी हराउनै पाएनँ
पीर पर्दा शिर राखी रुने छाती पाइनँ
ठुलो संसार तर छैन शान्ति मिल्ने सानो ठाउँ
ठुलो संसार तर छैन शान्ति मिल्ने सानो ठाउँ
कुनै मुटुभित्र छैन लेखिएको मेरो नाउँ
कसैको म हैन भन्दै बिलाउनै पाइनँ
पीर पर्दा शिर राखी रुने छाती पाइनँ
मलाई चिन्ने मलाई बुझ्ने कोही साथी पाइनँ
पीर पर्दा शिर राखी रुने छाती पाइनँ
शब्दः किरण खरेल
संगीत/स्वरः तारा देवी