न फूल चढाएँ न माला चढाएँ
यि तिम्रै गीत तिमीलाई चढाएँ
न फूल चढाएँ न माला चढाएँ
यि तिम्रै गीत तिमीलाई चढाएँ
न फूल चढाएँ न माला चढाएँ
यो आवाज पाएँ तिमीलाई गाउन
मेरा हातहरु तिमीलाई पुज्न
यो आवाज पाएँ
आ आ आ आ आ
आवाज पाएँ तिमीलाई गाउन
मेरा हातहरु तिमीलाई पुज्न
दृष्टि मेरा तिमीलाई पढ्न
श्रवण यि केवल तिमीलाई सुन्न
न महल बनाएँ न दिपक जलाएँ
यो मनको कुटीमा आमा बोलाएँ
न फूल चढाएँ न माला चढाएँ
यि तिम्रै गीत तिमीलाई चढाएँ
न फूल चढाएँ न माला चढाएँ
यो सरगम यो साज यो आवाजमा आमा
तिमी नै तिमी नै बसेको म पाउँछु
यो सरगम
आ आ आ आ आ हाए
ग म ध नि सा नि सा नि ध ध ग
ग रे रे सा सा नि नि ध ध म म ग
म ग रे म ग रे म ग रे सा रे ग
सरगम यो साज यो आवाजमा आमा
तिमी नै तिमी नै बसेको म पाउँछु
न वरदान मागेँ न शक्ति नै माँगे
न वरदान मागेँ न शक्ति नै मागेँ
तिम्रो स्तनको एक बूँद मागेँ
सबथोक तिम्रै चढाउथेँ तिमीलाई
म आफैलाई आमा आज चढाएँ
न फूल चढाएँ न माला चढाएँ
यि तिम्रै गीत तिमीलाई चढाएँ
न फूल चढाएँ न माला चढाएँ
शब्द/संगीत/स्वरः गोपाल योञ्जन