नबोलाऊ कसैलाई तिमी राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
गन्दैन एक्लो जूनलाई कसैले
गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
हुँदैन जसको विपना नै आफ्नो
हुँदैन जसको विपना नै आफ्नो
आउँदैन सपना पनि राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
तिर्नु पर्छ मोल जति हाँस्यो त्यति
तिर्नु पर्छ मोल जति हाँस्यो त्यति
रुनु पर्छ एक्लै सधै राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
उज्यालोमा बदनाम आँखाहरू हुन्छन्
उज्यालोमा बदनाम आँखाहरू हुन्छन्
नहुने के रै’छ यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
दिनभरि खाएँ तिमीसँग कसम
दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधै राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
होशमा हुँदैनन् कोही राति राति
नबोलाऊ कसैलाई तिमी राति राति
शब्द/संगीत/स्वरः भिम बिराग