धेरै चोट दिएपछि अब फेरि सोध्छौ
तिम्रा आँखाहरू किन टलपलाए
सबै बद्लिएपछि फेरि किन सोध्छौ
सबै बद्लिएपछि फेरि किन सोध्छौ
तिम्रा पाइलाहरू किन लड्खडाए
धेरै चोट दिएपछि….
तिमीलाई के थाहा तिम्रो सोधाईले
मेरो मनमा कस्तो चोट पुग्छ भनि
तिमीलाई के थाहा तिम्रो सोधाईले
मेरो मनमा कस्तो चोट पुग्छ भनि
तिमीलाई त केवल यति थाहा छ
चोट सहने बानी परेको छ भनि
धेरै चोट दिएपछि अब फेरि सोध्छौ
तिम्रा आँखाहरू किन टलपलाए
धेरै चोट दिएपछि….
पतझडको फूललाई अब किन सोध्छौ
खोइ हरियाली मधुमास कहाँ छ
पतझडको फूललाई अब किन सोध्छौ
खोइ हरियाली मधुमास कहाँ छ
नदि नपुग्दै बीचमा सुकेको
खहरेलाई सोध्छौ पानी कहाँ छ
धेरै चोट दिएपछि अब फेरि सोध्छौ
तिम्रा आँखाहरू किन टलपलाए
सबै बद्लिएपछि फेरि किन सोध्छौ
सबै बद्लिएपछि फेरि किन सोध्छौ
तिम्रा पाइलाहरू किन लड्खडाए
धेरै चोट दिएपछि….
शब्दः जि अनिता
संगीतः दिपक जंगम
स्वरः अरूणा लामा