दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
पाप हैन पुण्य हो माया
पाप हैन पुण्य हो माया
मन्दिर पनि माया हो
मूर्ति पनि माया नै हो
देवताको पूजा हो माया
देवताको पूजा हो माया
दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
यति ठूलो संसारमा धेरै मानिस हुन्छन्
भन्नेहरू के के भन्छन्, सुन्ने के के सुन्छन्
मानिसले आफ्नो बाटो आफूले नै चिन्नु पर्छ
सत्य के हो?, झुट के हो? आफूले नै बुझ्नु पर्छ
दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
आजको दिन बितेपछि भोलि फर्कदैन
फूलको थुङ्गा झरेपछि फेरि फर्क्रदैन
घामजस्तो, फूलजस्तो जीवन यो साँच्नु पर्छ
मरिमरि जिउने हैन, रम्दै रम्दै बाँच्नु पर्छ
दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
पाप हैन पुण्य हो माया
पाप हैन पुण्य हो माया
मन्दिर पनि माया हो
मूर्ति पनि माया नै हो
देवताको पूजा हो माया
देवताको पूजा हो माया
दुनियाँलाई टाढा छोड
आफ्नै मनलाई सोध
शब्दः चेतन कार्की
संगीतः मनोहरि सिंह
स्वरः प्रकाश श्रेष्ठ
चलचित्रः कन्यादान