दुईटा फूल देउरालीमा साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौ जस्तो लाग्छ
देखेँ जस्तो पनि लाग्छ बोलेँ जस्तो पनि लाग्छ
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौ जस्तो लाग्छ
दुईटा फूल देउरालीमा
गुलाफको तरेलीमा शीतको थोपा परेजस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइ दिएँ जस्तो लाग्छ पात हम्की पीपलको
बिसौनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौ जस्तो लाग्छ
दुईटा फूल देउरालीमा
राती फुल्ने फूल टिपी सिउरी दिएँ जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओत मुनि आकाशको छायाँ मुनि धरतीको
रात मुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ
सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौ जस्तो लाग्छ
दुईटा फूल देउरालीमा
शब्दः ईश्वर बल्लभ
संगीत/स्वरः नारायण गोपाल