तिम्रो सपना देखेपछि आँखाभरि खुशी छायो
तिम्रो सपना देखेपछि आँखाभरि खुशी छायो
हेर्दा हेर्दै कोठाभरि वसन्तको लाली छायो
तिम्रो सपना देखेपछि
तिम्रा हातले छोई दिदै मलाई मात लगाई दिई
मीठो मीठो निन्द्राबाट अचानक नै जगाई दिई
तिम्रा हातले छोई दिदै मलाई मात लगाई दिई
मीठो मीठो निन्द्राबाट अचानक नै जगाई दिई
मेरो कपालबाट मगमग तिम्रो बास्ना चल्न थाल्यो
झ्यालभरि ढोकाभरि तिम्रो ओठ हाँस्न थाल्यो
तिम्रो सपना देखेपछि आँखाभरि खुशी छायो
हेर्दा हेर्दै कोठाभरि वसन्तको लाली छायो
तिम्रो सपना देखेपछि
कुन्नी के के भन्यौ तिमीले यो कानमा साउती गरी
आधा रातमै गयो मेरो कोठाभरि घाम छरी
कुन्नी के के भन्यौ तिमीले यो कानमा साउती गरी
आधा रातमै गयो मेरो कोठाभरि घाम छरी
लाज लागि मेरो मुटु छिटो छिटो चल्न थाल्यो
भित्ताभरि रङ्गीचङ्गी फूलैफूल फुल्न थाल्यो
तिम्रो सपना देखेपछि आँखाभरि खुशी छायो
हेर्दा हेर्दै कोठाभरि वसन्तको लाली छायो
तिम्रो सपना देखेपछि
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी