तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
तिमीलाई अंगाली कता कता बगी जाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति त्यति नै त छ याँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
शब्दः गोपाल योञ्जन
संगीतः गोपाल योञ्जन/कर्म योञ्जन
स्वरः नारायण गोपाल