तिम्रै गालाको सिन्दुर टिपेर तिम्रो सिउँदो रंगाई दिऊँ कि
तिम्रै मुहारको गुँरास टिपेर तिम्रो चुल्ठो सजाई दिऊँ कि

तिम्रै गालाको सिन्दुर टिपेर
फूलबाट जब शीतले चिहाउँछ
तिम्रै निर्दोष आँखा म देख्छु
फूलबाट जब शीतले चिहाउँछ
तिम्रै निर्दोष आँखा म देख्छु
वनबाट जब कोइली कराउँछ
वनबाट जब कोइली कराउँछ
तिम्रै मीठो आवाज म सुन्छु
तिम्रै मीठो आवाज म सुन्छु
तिम्रै गालाको सिन्दुर टिपेर
सम्झेर तिमीलाई कल्पिरहेछु तर तिमी को हौ चिन्न सकिनँ

क्षीतिजमा हाँस्ने जून पो हौ कि
क्षीतिजमा हाँस्ने जून पो हौ कि
या गीतको धुन हौ भन्न सकिनँ
या गीतको धुन हौ भन्न सकिनँ
तिम्रै गालाको सिन्दुर टिपेर तिम्रो सिउँदो रंगाई दिऊँ कि
तिम्रै मुहारको गुँरास टिपेर तिम्रो चुल्ठो सजाई दिऊँ कि
तिम्रै गालाको सिन्दुर टिपेर
शब्दः श्री पुरूष ढकाल
संगीतः राम थापा
स्वरः दिवाकर खड्का