तिमी हेर्छौ भने यो छातीभित्र
नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा
कहिले नमेटिने कथाहरू छन्
तिमी हेर्छौ भने
खुशीहरूमा जिउन सकिनँ
जिन्दगी नै अभिशाप झै भयो
खुशीहरूमा जिउन सकिनँ
जिन्दगी नै अभिशाप झै भयो
शीशा झै मुटु चर्की नैं रह्यो
पल पल व्यथाहरू
पल पल व्यथाहरू
बल्झी नै रह्यो
बल्झी नै रह्यो
तिमी हेर्छौ भने
जिउँदै मरेको आभाष हुन्छ
जिउनुको के अर्थ नै रह्यो
जिउँदै मरेको आभाष हुन्छ
जिउनुको के अर्थ नै रह्यो
जब पीरहरू वरदान झै भयो
ती आशामा जीवन
ती आशामां जीवन
अल्झी नै रह्यो
अल्झी नै रह्यो
तिमी हेर्छौ भने यो छातीभित्र
नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने जिन्दगीमा
कहिले नमेटिने कथाहरू छन्
तिमी हेर्छौ भने
शब्दः दिपक बुढाथोकी
संगीत/स्वरः अरूण थापा