तिमीले दिएका मायालु कोसेलीहरूले
मान्छेलाई मायाप्रति आस्था जन्माएछन्
तिमीले दिएका खुशी र उमङ्गहरूले
मान्छेलाई खुशीप्रति आशा दिलाएछन्
तिमीले दिएका मायालु कोसेलीहरूले
हुन त यो तिम्रो र मेरो घरायसी माया हुन पर्ने हो
तर आज हाम्रो मायाले तिमी र मको परिधि तोडेछ
हुन त यो तिम्रो र मेरो घरायसी माया हुन पर्ने हो
तर आज हाम्रो मायाले तिमी र मको परिधि तोडेछ
हुन त यो तिम्रो र मेरो परस्पर खुशी हुन पर्ने हो
तर आज हाम्रो खुशीले हामी दुईको सिमाना नागेछ
तिमीले दिएका मेरा यी भावनाहरूले
आज हेर अरू कतिलाई ब्युँझाएछन्
तिमीले दिएका मेरा यी वेदनाहरूले
अलिअलि कतै धेरैलाई रङ्गाएछन्
तिमीले दिएका मायालु कोसेलीहरूले
हुन त यो तिम्रो र मेरो व्यक्तिगत प्रीत हुन पर्ने हो
तर आज हाम्रो प्रीत यो कति गीतको संगीत बनेछ
हुन त यो तिम्रो र मेरो व्यक्तिगत प्रीत हुन पर्ने हो
तर आज हाम्रो प्रीत यो कति गीतको संगीत बनेछ
हुन त यो तिम्रो र मेरो आपसको कथा हुन पर्ने हो
तर आज हाम्रो कथाले कति कलाको आकार कोरेछ
तिमीले दिएका मायालु कोसेलीहरूले
मान्छेलाई मायाप्रति आस्था जन्माएछन्
तिमीले दिएका खुशी र उमङ्गहरूले
मान्छेलाई खुशीप्रति आशा दिलाएछन्
तिमीले दिएका मायालु कोसेलीहरूले
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी