तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमी नै लिएर जाऊ
तिमीले चुमेका गीतहरू तिमी नै समेटी जाऊ
तिमी नै समेटी जाऊ
एक एक गरेर गन्थ्यौ कति भाग्यमानी भन्थ्यौ
मेरा गीत गुँथ्ने औँला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथेँ म
तिमीलाई देवताको वरदान ठान्दथेँ म
तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमी नै लिएर जाऊ
तिमी के गयौ मबाट मेरो छायाँ नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जाने बेला रोयौ मतिर फर्कि फर्कि
निस्सासी भाग्न थालेँ मैदेखि तर्सि तर्सि
तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमी नै लिएर जाऊ
शब्दः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः मणिक रत्न