तिमीलाई म के भनुँ
तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म के दिऊँ
तिमीलाई मनकि मायालु भनुँ
तिमीलाई म के भनुँ
फूल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा
फूल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालुँ म नपिई बेहोश बेहोश भएँ म
कहिलै नछुट्ने नशा भनुँ कि
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म के दिऊँ
तिमीलाई मनकि मायालु भनुँ
तिमीलाई म के भनुँ…..
केही झुके झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर
केही झुके झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा तालबीच नसकी तर्न, डुबेँ डुबेँ म
कहिलै नछुट्ने तृष्णा भनुँ कि
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म के दिऊँ
तिमीलाई मनकि मायालु भनुँ
तिमीलाई म के भनुँ
शब्द/संगीतः दिपक जंगम
स्वरः नारायण गोपाल