तारे भीरमा बाझियो……..

तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?

घाँसै काट्यो खोलीको दुई पाती
जा(जहाँ) बसेपनि सम्झन्छु उइ साथी
सल्लाई हो जोवन कल्लाई हो?
घाँसै काट्यो खोलीको दुई पाती
जा(जहाँ) बसेपनि सम्झन्छु उइ साथी
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

दिन दिन सम्झना गरी
काम छाडेर रुने काम नगरी
सल्लाई हो जोवन कल्लाई हो?
दिन दिन सम्झना गरी
काम छाडेर रुने काम नगरी
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

चार तले पिङको बाहा
आज यहाँ भोलि त कहाँ
सल्लाई हो जोवन कल्लाई हो?
चार तले पिङको बाहा
आज यहाँ भोलि त कहाँ
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

शब्दः युवराज ज्ञवाली
संगीतः शिवशंकर थापा
स्वरः कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!