तरुनीको रात सधै रोइरहन्छ
सिरानीमा आँशुको फूल उम्रिदिन्छ, फूल उम्रिदिन्छ
तरुनीको रात…
रित्तो बाटो कोही सुस्ताएरै हिँड्छ
चिसो सासमा कोही गुनगुनाई रहन्छ
रात झन् उदास र विरान बनिदिन्छ
सेतो आँचल प्रीतको फरफराई रहन्छ
तरुनीको रात….
फेरि पीडा दुख्छ, फेरि आँशु गुड्छ
फेरि चित्कार उठ्छ, फेरि सुनसान हुन्छ
फेरि प्रातः हुन्छ, फेरि शोक हराउँछ
सिरानीको खोल सिरानीमै सुक्छ
तरुनीको रात…
शब्दः
संगीतः
स्वरः अरूणा लामा