जून निदाउन थाल्यो
तारा निदाउन थाले
धर्तीका पनि सारा निदाउन थाले
जून निदाउन थाल्यो
तारा निदाउन थाले
धर्तीका पनि सारा निदाउन थाले
जून निदाउन थाल्यो
कति नै रात बिते
आँखा अझै खुल्लै छन्
फर्केर जान्छौ कि भनिे
ढोका पनि खुल्लै छन्
कति नै रात बिते
आँखा अझै खुल्लै छन्
फर्केर जान्छौ कि भनिे
ढोका पनि खुल्लै छन्
नित्य पीर बोकी
आँखा बिझाउन थाले
धर्तीका पनि सारा निदाउन थाले
जून निदाउन थाल्यो
सूनसान यो जगत छ
निरव छ रात पनि
पवन पनि छ निश्चल
रूख र पात पनिे
सूनसान यो जगत छ
निरव छ रात पनि
पवन पनि छ निश्चल
रूख र पात पनिे
ताललाई पनि अंगाली
किनारा निदाउन थाले
धर्तीका पनि सारा निदाउन थाले
जून निदाउन थाल्यो
तारा निदाउन थाले
धर्तीका पनि सारा निदाउन थाले
जून निदाउन थाले
शब्दः चेतन कार्की
संगीतः नातिकाजी
स्वरः तारा देवी