जीवन व्यथा सुनाऊँ कसलाई, सुनिदिने को छ र
सुनेपनि व्यथित मनलाई बुझिदिने को छ र
जीवन व्यथा सुनाऊँ कसलाई
डुब्न लागेको रातो सूर्य सम्झनाको दियोजस्तो
डुब्न लागेको रातो सूर्य सम्झनाको दियोजस्तो
बाटो उही ठाउँ उही जानिदिने को छ र
जीवन व्यथा सुनाऊँ कसलाई
रसिएका नयनहरूले कसैलाई खोजेजस्तो
रसिएका नयनहरूले कसैलाई खोजेजस्तो
छातीभित्र पोल्ने घाउ देखिदिने को छ र
जीवन व्यथा सुनाऊँ कसलाई
घाम पानी हुरी बतास सबै मिली बिर्सेजस्तो
घाम पानी हुरी बतास सबै मिली बिर्सेजस्तो
सम्झिनेले सम्झे पनि सम्झिदिने को छ र
जीवन व्यथा सुनाऊँ कसलाई, सुनिदिने को छ र
सुनेपनि व्यथित मनलाई बुझिदिने को छ र
जीवन व्यथा सुनाऊँ कसलाई
शब्दः रञ्जना शाह
संगीत/स्वरः शिव शंकर मानन्धर