जीवन भनुँ त घात छ
मृत्यु भनुँ त सास छ
दोधारमा बाँचुँ कति
दोधारमा बाँचुँ कति
हर गीतमा चित्कार छ, चित्कार छ
जीवन भनुँ त घात छ
न बास छ न आश छ
मान्छेहरूकै त्रास छ
न बास छ न आश छ
मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठुँ भनेर
त्यहीँ नै असारे मास छ
जीवन भनुँ त घात छ
मृत्यु भनुँ त सास छ
दोधारमा बाँचुँ कति
दोधारमा बाँचुँ कति
हर गीतमा चित्कार छ, चित्कार छ
जीवन भनुँ त घात छ
अँध्यारो छ ओरालो छ
खेद्नेहरूकै लाम छ
अँध्यारो छ ओरालो छ
खेद्नेहरूकै लाम छ
चर्किसके चाहना सबै
दुख्ने मुटु चाहिँ बाँकी छ
जीवन भनुँ त घात छ
मृत्यु भनुँ त सास छ
दोधारमा बाँचुँ कति
दोधारमा बाँचुँ कति
हर गीतमा चित्कार छ, चित्कार छ
जीवन भनुँ त घात छ
शब्दः दिनेश अधिकारी
संगीतः नोर्बु छिरिङ
स्वरः भक्तराज आचार्य