जीवनको सहारा त्यो आशा नबिदा गर्नु
भोलिको सुखी सपना दिलभित्र सदा भर्नु
जीवनको सहारा त्यो।।।
औँसीका शशी फेरि एक पक्षपछि खुल्छन्
औँसीका शशी फेरि एक पक्षपछि खुल्छन्
ठण्डीका तरु नंगा एकबार हरा झुल्छन्
ठण्डीका तरु नंगा एकबार हरा झुल्छन्
जीवनको सहारा त्यो।।।
कम्पित दियोबाटै एकदिन उषा बन्छौ
धर्ती नै हँसाउने बहार तिमी बन्छौ
स्नेहमयी माया दिल यो नघृणा गर्नु
स्नेहमयी माया दिल यो नघृणा गर्नु
जीवनको सहारा त्यो आशा नबिदा गर्नु
भोलिको सुखी सपना दिलभित्र सदा भर्नु
शब्दः रमेश धिताल
संगीतः नातिकाजी
स्वरः तारा देवी