जस्तो तिमी सोच मलाई सधै नै म यस्तो
आफ्नै लागि कस्तो हुँ म, अरूलाई सस्तो
मलाई थाह भएन मैले हुन पर्ने कस्तो
जस्तो मलाई परिधि छ सहन्छु म त्यस्तो
जस्तो तिमी सोच मलाई सधै नै म यस्तो
फूलसितै भुल्न परे म नै फूलजस्तो
पहाडसित जुध्न परे म नै पत्थरजस्तो
फूलसितै भुल्न परे म नै फूलजस्तो
पहाडसित जुध्न परे म नै पत्थरजस्तो
मलाई आफ्नो भन्नेलाई म नै बाटोजस्तो
मलाई आफ्नो भन्नेलाई म नै बाटोजस्तो
मलाई टाढा गर्नेलाई म त आगोजस्तो
जस्तो तिमी सोच मलाई सधै नै म यस्तो
साथ दिने साथीलाई म त मेटी हिँड्छु
घात गर्ने बैरीलाई म त टेकी हिँड्छु
साथ दिने साथीलाई म त मेटिदिन्छु
घात गर्ने बैरीलाई म त टेकी हिँड्छु
मलाई माया गर्नेलाई म नै छायाँजस्तो
मलाई माया गर्नेलाई म नै छायाँजस्तो
मेरो मुटु घोच्नेलाई म त काँडाजस्तो
जस्तो तिमी सोच मलाई सधै नै म यस्तो
शब्द/संगीत/स्वरः भक्तराज आचार्य