जसै तिमी मेरो अँगालोमा आयौ
जसै तिमी मेरो अँगालोमा आयौ
तिमीले यो मुटुलाई न्यानो तुल्यायौ
तिमीले यो मुटुलाई न्यानो तुल्यायौ
जसै तिमी मेरो अँगालोमा आयौ
ती स्वप्निल नयनले मलाई नियाल्नु
त्यो अनुहार झार्नु र फेरि उचाल्नु
मैले कापिरहेका तिम्रा ओठ चुम्नु
ती आँखाबाट तिमीले मोती खसाल्नु
जसै तिमी मलाई देखी मुस्कायौ
जसै तिमी मलाई देखी मुस्कायौ
तिमीले यो मुटुलाई न्यानो तुल्यायौ
जसै तिमी मेरो अँगालोमा आयौ
यो रात यो जून यो शीतल शीतल बतास
अनयास मात लाग्ने तिम्रो श्वासको सुवास
नजाऊ छाडी एक पल हुन्छ यो मन हतास
बाँधी राखुँ अँगालोमा कहिले नछोडी साथ
जसै तिमी मलाई हेरि शर्मायौ
जसै तिमी मलाई हेरि शर्मायौ
तिमीले यो मुटुलाई न्यानो तुल्यायौ
तिमीले यो मुटुलाई न्यानो तुल्यायौ
शब्दः वसन्त चौधरी
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल