जति चोट दिन्छौ ……….

जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्नेछु
जति आँशु दिन्छौ देऊ मायालु, दुई आँखाबाट झार्नेछु
जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्नेछु

मुटुमा फुलेको विश्वासको फूल विवशताको हुरीले झारी दिएछ
मुटुमा फुलेको विश्वासको फूल विवशताको हुरीले झारी दिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठीकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आँशु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
जति चोट….

बिछोडको घाउमा खाटा नबस्दै तिमीले फेरि बदनाम गर्यौ
बिछोडको घाउमा खाटा नबस्दै तिमीले फेरि बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने सारा मुहानहरू थुनिदियौ
ठीकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु
जति आँशु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
जति चोट…..

शब्दः सुभाष चन्द्र ढुंगेल
स्वर/संगीतः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!