जता हिँड्यो उतै तान्ने बेईमानी यो माया
जता हिँड्यो उतै तान्ने बेईमानी यो माया
एक्लै परे मनै लाने बैगुनी यो माया
माया छाडी नजाऊ कतै कही बिर्सी देला
जोवन पनि काँडै होला फूल झरी देला
मुटुभरि मातै लाग्ने कस्तो हो यो माया
मुटुभरि मातै लाग्ने कस्तो हो यो माया
टाढा गए आँखै लाग्ने कस्तो हो यो माया
टाढा गए आँखै लाग्ने कस्तो हो यो माया
जति पायो त्यति माग्ने निठुरी यो माया
नपाएमा झर्की दिने दस्तुरी यो माया
माया छाडी नजाऊ कतै कही बिर्सी देला
जोवन पनि काँडै होला फूल झरी देला
डुबी हेर पानीभित्र गहिरो छ माया
डुबी हेर पानीभित्र गहिरो छ माया
खोला तरी पारि गए पहिरो छ माया
खोला तरी पारि गए पहिरो छ माया
हुँदा मात्रै राम्रो लाग्ने मोहनी यो माया
नहुँदामा नराम्रो रे दुश्मनी यो माया
माया छाडी नजाऊ कतै कही बिर्सी देला
जोवन पनि काँडै होला फूल झरी देला
जता हिँड्यो उतै तान्ने बेईमानी यो माया
एक्लै परे मनै लाने बैगुनी यो माया
निठुरी यो माया, मोहनी यो माया
शब्द/संगीतः दिव्य खालिंग
स्वरः नारायण गोपाल