छाडेर जाने भएछ बेला कालले गरेर
नमारे माया सम्झौँला हामी दिलमा राखेर
नभुले तिमी झिलि र मिली परदेश देखेर
सम्झना गरे हिमालचुली मनन गरेर
हावाको साथ सञ्चार तिमी पठाऊ दिएर
लेकको बाटो पीपल मुनि सुनौँला बसेर
चाँदनी रात हिमाली हावा तुसारो खसेर
खोलाको सानो साँघुरो साँघु तरौँला सम्झेर
नमरी बाँचे भेटौँला फेरि अँगालो हालेर
बिदामा हुन्छु मिलनको आशा झन् दह्रो पारेर
शब्दः म. बि. बि. शाह
संगीतः नातिकाजी र शिव शंकर मानन्धर
स्वरः इन्द्र नारायण मानन्धर