छल्किरहेछ जूनको प्रित गुराँसको आँखा आँखामा
गुञ्जिरहेछ
गुञ्जिरहेछ फूलको गीत बतासको भाका भाकामा
छल्किरहेछ
मनमा नाना तरंग लिएर सुस्केरा त्यो सासमा
मनमा नाना तरंग लिएर सुस्केरा त्यो सासमा
आँशुका दाना चुपचाप पिएर वसन्त यो आसमा
खोजिरहेछ
खोजिरहेछ मनको मीत निर्जन यी पाखा पाखामा
छल्किरहेछ
बोलाको हो कि मुटुमा मेरो हलचल जगाई रातमा
बोलाको हो कि मुटुमा मेरो हलचल जगाई रातमा
लोलाको हो कि मायामा मेरो यो पल लजाई साथमा
अल्झिरहेछ
अल्झिरहेछ त्यो अतित आज छायाँ दो छायाँमा
छल्किरहेछ
छल्किरहेछ जूनको प्रित गुराँसको आँखा आँखामा
छल्किरहेछ
शब्दः रत्न शम्शेर थापा
संगीतः शिव शंकर मानन्धर
स्वरः भक्तराज आचार्य