चौतारीमा बसेर रुन पाउँ
मनको पीर आँसुले धुन पाउँ
गौँथलीको के घर, के गाउँ
दुखियाको के थर, के नाउँ
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछि, बिरानो भो घर
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछि, बिरानो भो घर
दिनदशा वरवर हो
दिनदशा वरवर, संगी साथी पर
न्याउलीको भाका सुन्ने, कल्लाई खाँचो छ र
चौतारीमा…
बाँचु कति दोधारको, यस्तै जिन्दगानी
मनभरि आगो लिई, आँखाभरि पानी
बाँचु कति दोधारको, यस्तै जिन्दगानी
मनभरी आगो लिई, आँखाभरि पानी
पराईले मन भाँचे हो
पराईले मन भाँचे, आफन्तले जोड्ने
आफन्त नै वैरी परे, कल्लाई गुहार भन्ने
चौतारीमा बसेर रुन पाउँ
मनको पीर आँसुले धुन पाउँ
गौँथलीको के घर के गाउँ
दुखियाको के थर, के नाउँ
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा