घामको छायाँ बगेको पानीको लहर
म त एक्लै खोलाको बगर
वनको छायाँ वनैको वरपर हजुर
मनको छायाँ खसेको बसेको कता हो देख्नै सकिनँ
अल्झी बस्छ रंग लाली पहाडमा साँझभरी
माथि माथि पखेरोमा रोई हिँड्छ डाँफे चरी
कति फुल्यो कति झर्यो यो पाखामा सुनखरी
कति मैले उनुँ भने एउटा माला हजुर
मनको धागो कसरी कसरी चुडेको बुन्नै सकिनँ
दुई दिनको जुनी मेरो सयौ घडी बिती सक्यो
मेरो आँखा पानीसित कति कोश बगी सक्यो
कति चोटी मेरो छाती तरङ्गमा फैलिसक्यो
एकै लहर लेखुँ भन्थेँ मैले पनि हजुर
मनको मसि मनभित्रै पोखेर सुकेर लेख्नै सकिनँ
घामको छायाँ बगेको पानीको लहर
म त एक्लै खोलाको बगर
शब्दः नोर्देन रूम्बा
संगीतः
स्वरः अरूणा लामा