खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी
खोलाको दुई किनार भो
आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्यो
आफ्नो व्यथा आफै भित्र समेटेर रुनु पर्यो
कहिल्यै नरित्तिने आँशु भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
खोलाको दुई किनार भो
आफ्नो घाउ आफैले नै कोट्याएर सहनु पर्यो
आफ्नो पीडा आफैभित्र लुकाएर बाँच्नु पर्यो
कहिल्यै नटुङ्गिने कथा भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी
हम् हम् हम्
शब्दः उषा शेरचन
संगीतः रत्न बहादुर
स्वरः दिलमाया खाती