खोटो मनभित्र माया चोखो हुन्न
जानी जानी फेरि त्यस्तो मनसित माया साट्यो भने ठूलो दोष हुन्छ
दोष तिम्रै हुन्छ
खोटो मनभित्र…..
मुटुलाईसम्म मुकुण्डो लगाई बस्नेहरूसित जोगिनु पर्छ

अरूको आँशुलाई बदनाम गरेर हाँस्नेहरूसित जोगिनु नै पर्छ
कति मनभित्र तिमीलाई डुबाउने जीवन नै दुखाउने घाउ पनि हुन्छ
जानी जानी फेरि त्यस्तो मनसित माया साट्यो भने ठूलो दोष हुन्छ
दोष तिम्रै हुन्छ
खोटो मनभित्र….
मान्छेलाई किताबझै पढ्न सकिन्न, बाहिरबाट केही बुझ्नै सकिन्न

मान्छेसम्म पुग्ने माया पुल हुन्छ, फेरि त्यहीँ नै धेरैको धेरै भुल हुन्छ
मन जसको सानो साँघुरो हुन्छ, त्यहाँभित्र प्रेमको गहिराई हुँदैन
जानी जानी फेरि त्यस्तो मनसित माया साट्यो भने ठूलो दोष हुन्छ
दौष तिम्रै हुन्छ
खोटो मनभित्र माया चोखो हुन्न
जानी जानी फेरि त्यस्तो मनसित माया साट्यो भने ठूलो दोष हुन्छ
दोष तिम्रै हुन्छ
खोटो मनभित्र…..
शब्दः नोर्देन रूम्बा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा