कोही नगरोस् प्रेम अमर
प्रेमको मूल्य कहाँ छ
मिल्दो रहेछ व्यथा हजार
मिल्दो रहेछ व्यथा हजार
सुखको किनार कहाँ छ
कोही नगरोस् प्रेम अमर
तड्पी बस आफैभित्र मुटुलाई थिचेर
हाँस एकछिन झुठो नै बरु जीवनलाई भुलेर
आँखा चिम्ली दिए हुन्छ यहाँ हेर्ने दृश्य कहाँ छ
मिल्दो रहेछ व्यथा हजार
मिल्दो रहेछ व्यथा हजार
सुखको किनार कहाँ छ
कोही नगरोस् प्रेम अमर
खोजी हेर क्षणभर बाहेक मीत कोही भेटिन्न
बढ्दै जाऊ हार बाहेक जीत कही देखिन्न
पाइला रोकी दिए हुन्छ यहाँ हेर्ने बाटो कहाँ छ
मिल्दो रहेछ व्यथा हजार
मिल्दो रहेछ व्यथा हजार
सुखको किनार कहाँ छ
कोही नगरोस् प्रेम अमर
प्रेमको मूल्य कहाँ छ
मिल्दो रहेछ व्यथा हजार
मिल्दो रहेछ व्यथा हजार
सुखको किनार कहाँ छ
कोही नगरोस् प्रेम अमर
शब्दः वीरेन्द्र पाठक
संगीत/स्वरः भक्तराज आचार्य