के हो तिम्रो नाउँ
के हो तिम्रो नाउँ बताऊ
के हो तिम्रो नाउँ
कहाँ हो तिम्रो गाउँ देखाऊ
कहाँ हो तिम्रो गाउँ
के हो तिम्रो नाउँ
क्या मीठो मुस्कान तिम्रो
मेरो गीतको धुनभन्दा
क्या मीठो मुस्कान तिम्रो
मेरो गीतको धुनभन्दा
क्या रसिलो रूप तिम्रो
यो शरदको जूनभन्दा
के हो तिम्रो नाउँ
कल्पना यो साच्चै हैन
हैन म गीत लेखिराको
कल्पना यो साच्चै हैन
हैन म गीत लेखिराको
तिम्रो कालो केशभित्र
सुर नै छ देखिराको
के हो तिम्रो नाउँ
ती नजर लोलाइ नराख
दिनमै रात पर्दिनेछ
ति नजर लोलाइ नराख
दिनमै रात पर्दिनेछ
तिमीले चुम्बन गरेमा
फूलले बास छर्दिनेछ
के हो तिम्रो नाउँ बताऊ
के हो तिम्रो नाउँ
कहाँ हो तिम्रो गाउँ देखाऊ
कहाँ हो तिम्रो गाउँ
के हो तिम्रो नाउँ
शब्दः किरण खरेल
संगीत/स्वरः शिव शंकर मानन्धर