कुनै दिन पहाडमा वस्तु हेर्न गा‘को
संजोगले हामी दुईको भेट त्यहाँ भा‘को
कुनै दिन पहाडमा वस्तु हेर्न गा‘को
संजोगले हामी दुईको भेट त्यहाँ भा‘को
बिना तिथि बिना बार बिना लगन दिनमा
माया प्रीति बस्न गयो हाम्रो त्यहीँ छिनमा
पञ्चेबाजा बरियात केही चासो छैन
तिमी बाहेक हृदयले खोजेको केही छैन
कुनै दिन पहाडमा वस्तु हेर्न गा‘को
संजोगले हामी दुईको भेट त्यहाँ भा‘को
चाहिएन मलाई कुनै सुन चुरी बाला
शरीरमा लगाउने मखमली ताला
हिर्दयमा हिर्दयको चाख्यो अमर छायाँ
दुबोसरि अमर भयो हाम्रो प्रीति माया
कुनै दिन पहाडमा वस्तु हेर्न गा‘को
संजोगले हामी दुईको भेट त्यहाँ भा‘को
संजोगले हामी दुईको भेट त्यहाँ भा‘को
शब्दः सिंह बहादुर बस्न्यात
संगीतः नातिकाजी
स्वरः माला सिन्हा