कुखुरा बास्यो बिहानी हाँस्यो
फेरि प्रीति लाउँछौ कि लाउँदिनौ
फूल फुल्यो बास्ना चल्यो
मेरी माया आउँछौ कि आउँदिनौ
लेक बेँसी ढाकी हाल्यो लहराले आज
लेक बेँसी ढाकी हाल्यो लहराले आज
मुख छोपी पछ्यौरीले किन मान्छौ लाज
पंख खोली मुजुर नाच्यो
मेरो गीत गाउँछौ कि गाउँदिनौ
पंख खोली मुजुर नाच्यो
मेरो गीत गाउँछौ कि गाउँदिनौ
पहरालाई शीतल दिने छहराको पानी
गाई बाछा धपाई हिँड्ने सुकुमारी नानी
फूल टिपी माला त गाँस्यौ
मेरो आशिक पाउँछौ कि पाउँदिनौ
फूल टिपी माला त गाँस्यौ
मेरो आशिक पाउँछौ कि पाउँदिनौ
कुखुरा बास्यो बिहानी हाँस्यो
फेरि प्रीति लाउँछौ कि लाउँदिनौ
शब्दः रविन्द्र शाह
संगीत/स्वरः नातिकाजी