कैले यो माया बिर्सेनी भुलेर दिनमा
घुमी त यही आउँछौ फर्केर बासमा
सुन्नेछु तिम्रै आवाज गोधुँली याममा
किन हो यति भरोषा बसेछ तिमीमा
किन हो यति भरोषा बसेछ तिमीमा
प्रत्येकका खुशी बन्दछौ अरूका सामुमा
केही छ बाँकी अवश्य साँचेको आफूमा
साथ त्यो मेरो नै हुनेछ एकलोपनमा
किन हो यति भरोषा बसेछ तिमीमा
किन हो यति भरोषा बसेछ तिमीमा
तेजले धर्ती ढाकेकी उज्यालो घाममा
केही छ तिम्रो शायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारोपलमा
किन हो यति भरोषा बसेछ तिमीमा
किन हो यति भरोषा बसेछ तिमीमा
सुखको बेला हजारौँ होलान् साथमा
दुःखका घडी आउँदा जीवन बाटोमा
हुनेछौ तिमी मेरो नै थाकेको बेलामा
किन हो यति भरोषा बसेछ तिमीमा
किन हो यति भरोषा बसेछ तिमीमा
किन हो यति भरोषा बसेछ तिमीमा
शब्दः चाँदनी शाह
संगीतः नातीकाजी
स्वरः तारा देवी