किन यसरी टोलाको? के भो हजुरलाई?
कुन पापीले लगायो टुना हजुरलाई?
किन यसरी टोलाको? के भो हजुरलाई?
पैले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जति गिज्याए पनि किन हो रिसाउनै छोड्यौ
पैले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जति गिज्याए पनि किन हो रिसाउनै छोड्यौ
अलि अबेर म आउँदा लाटी भयौ कि क्या हो?
मेरो मायामा संसार बिर्सिदियौ क्या हो?
किन यसरी टोलाको? के भो हजुरलाई?
आउ नगिच मेरो म होश जगाई दिन्छु
फुक्फाक गरेर छिनमै म रोग भगाई दिन्छु
आऊ नगिच मेरो म होश जगाई दिन्छु
फुक्फाक गरेर छिनमै म रोग भगाई दिन्छु
भईगो बरू नबोल रिसाइदेऊ एकछिन
आँखा तरेर घुम्टो खसाइदेऊ एकछिन
किन यसरी टोलाको? के भो हजुरलाई?
शब्दः किरण खरेल
संगीतः शिवशंकर
स्वरः माणिकरत्न स्थापित