किन फेरि माया सम्झी चर्किन्छ तन
किन फेरि माया सम्झी चर्किन्छ तन
अँध्यारो यो आँखाभरि फैलिन्छ झन्
किन फेरि माया सम्झी चर्किन्छ तन
गल्तीले हो कि आघात किन पर्छ छातीमा
कमलो मनको विश्वास किन उठ्छ आँधीमा
शरदको बादल सरी उराठ भो जीवन
शरदको बादल सरी उराठ भो जीवन
अँध्यारो यो आँखाभरि फैलिन्छ झन्
किन फेरि माया सम्झी चर्किन्छ तन
काँडाको छेकामा अल्झी किन बढ्छ छटपटी
भाग्यरेखामा पहिरो किन जान्छ हरघडी
सम्झनाको भुमरीमा निसासिन्छ मन
सम्झनाको भुमरीमा निसासिन्छ मन
अँध्यारो यो आँखाभरि फैलिन्छ झन्
किन फेरि माया सम्झी चर्किन्छ तन
किन फेरि माया सम्झी चर्किन्छ तन
शब्दः रत्न शम्शेर थापा
संगीतः नर्बु छिरिङ्ग
स्वरः भक्तराज आचार्य