किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ
अँधेरोमा रातबीच तारापिच्छै घुम्छ
जुनेलीमा जूनसित ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्युँझे पनि सिरानीमै हुन्छ
एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्युँझे पनि सिरानीमै हुन्छ
प्रभातको,
प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
कोपिलामा,
कोपिलामा आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक त्यही हुन्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
शब्दः म.बि.बि.शाह
संगीतः दिपक जंगम
स्वरः गुलाम अलि