कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
हातभरि फोरा उठ्यो जोर कोदाली खन्दा
मेरो जुनी यसै बित्यो भेट होला कि भन्दा
बाढी आयो काली गंगा कुनाकानी ठेल्दै
हजुरलाई भेटुँ भनि आको बयल खेल्दै
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
शिरमा लाउने शिरको टोपी पाउमा लाउने जुत्ता
मन त मेरो दोमन भयो यता जाऊँ की उता
खेतीपाती नै नहुने ठूला रुखमुनि
मनको कुरा मन मै रहने जहिले सुकै पनि
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
कालीपारि दाइ कति राम्रो,
ढाका टोपी, काँधैमा गलबन्दी
शब्दः धर्मराज थापा
संगीतः नातिकाजी
स्वरः तारा देवी