कति सम्झुँ उनीलाई
कति बिर्सुँ आफैलाई
मन हुन्छ दोधारमा
मन हुन्छ दोधारमा
दोष दिऊँ कसलाई
कति सम्झुँ उनीलाई
कति बिर्सुँ आफैलाई
कति रहर मनमा उठे
किनारलाई छुन खोज्ने
कति रहर मनमा उठे
किनारलाई छुन खोज्ने
कता कता डर लाग्थ्यो
कता कता डर लाग्थ्यो
बिछोड सहन पर्ला भन्ने
अनयास नै टाढा भयौँ
दोष यसमा कसलाई दिने
कति सम्झुँ उनीलाई
कति बिर्सुँ आफैलाई
घात पर्यो जिन्दगीमा
जिउन भयो धेरै गाह्रो
घात पर्यो जिन्दगीमा
जिउन भयो धेरै गाह्रो
भुल्न खोज्छु अतीतलाई
भुल्न खोज्छु अतीतलाई
लाग्छ किन अझै प्यारो
हाँस्नु पर्ने जिन्दगी यो
आज किन उदास भयो
कति सम्झुँ उनीलाई
कति बिर्सुँ आफैलाई
मन हुन्छ दोधारमा
मन हुन्छ दोधारमा
दोष दिऊँ कसलाई
कति सम्झुँ उनीलाई
कति बिर्सुँ आफैलाई
शब्द/संगीत/स्वरः भक्तराज आचार्य