ए जून तिमी पुग्छ्यौ कि त्यहाँ पुग्दछ मेरो यो मन जहाँ

क्षीतिज पारि कहाँ कहाँ ए जून आउन जाऊ वहाँ

अन्तको रंगले रंगाएर सजाए सपना
विपना आई खोसी लग्यो सुन्दर सपना
एकोहोरो बग्ने नदीलाई मैले सोधुँला भनि बोलाएकी
बगिनै रह्यो फर्केन हेरि अनन्त्यमा कहाँ कहाँ
इन्द्रेणीको रंगमा पौडी गरेथेँ कल्पना
मिरमिरे उषा आउँछ कि भन फर्केर मेरो यो जीवनमा
ए जून तिमी पुग्छ्यौ कि त्यहाँ पुग्दछ मेरो यो मन जहाँ
क्षीतिज पारि कहाँ कहाँ ए जून आउन जाऊ वहाँ
ए जून तिमी पुग्छ्यौ कि त्यहाँ पुग्दछ मेरो यो मन जहाँ
शब्दः
संगीतः
स्वरः