एक रात ……….

एक रात
मान्छे देखी मान्छे हराइ
कालो रातमा प्रेतात्मा झै
सिमसिमे पानीमा भिज्ने
बिचरा त्यो को होला
कुकुर भुक्ने सियाल रुने
श्मशानको बाटोमा
एउटा मान्छे जवानी मै
बहुला हुने को होला
एक रात

उसले आफ्नो दुनिया
उसले आफ्नो खुशीहरू
कसलाई अर्पि दिएछ कि
कसले खोसी दिएछ कि
एक्लै रुने एक्लै हाँस्ने
कसको बरदान त्यो होला
एक रात
मान्छे देखी मान्छे हराइ
कालो रातमा प्रेतात्मा झै
सिमसिमे पानीमा भिज्ने
बिचरा त्यो को होला
एक रात

भोक तिर्खा लाउनसम्म
उसले बिर्सिसकेको छ
को आफ्नो को अर्को
उसले आफैलाई बिर्सेको छ
खोक्रो जीवन चेत भइसक्यो
प्राण केमा अल्झेको छ
एक रात
मान्छे देखी मान्छे हराइ
कालो रातमा प्रेतात्मा झै
सिमसिमे पानीमा भिज्ने
बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने
श्मशानको बाटोमा
एउटा मान्छे जवानी मै
बहुला हुने को होला
एक रात

शब्द/संगीत/स्वरः जितेन्द्र बर्देवा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!