एउटा मान्छेको मायाले…….

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शिशिर यामको जाडोमा पनि
शिशिर यामको जाडोमा पनि
फुल्दछ फूल मुस्कानको
अँध्यारो औँशीको रातमा पनि
बल्दछ दियो विश्वासको
नयनभरिको आँशुमा पनि
नयनभरिको आँशुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

बिछोड हुँदाको दुःखमा पनि
बिछोड हुँदाको दुःखमा पनि
भरोषा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि
पत्यार हुन्छ सहाराको
मायालुबिनाको हुँदो हो कति
मायालुबिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरतिबिनाको हुँदो हो कति निराश एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शब्दः चाँदनी शाह
संगीतः दिपक जंगम
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!