एउटा मान्छेको मायाले…….

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शिशिर यामको जाडोमा पनि
शिशिर यामको जाडोमा पनि
फुल्दछ फूल मुस्कानको
अँध्यारो औँशीको रातमा पनि
बल्दछ दियो विश्वासको
नयनभरिको आँशुमा पनि
नयनभरिको आँशुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

बिछोड हुँदाको दुःखमा पनि
बिछोड हुँदाको दुःखमा पनि
भरोषा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि
पत्यार हुन्छ सहाराको
मायालुबिनाको हुँदो हो कति
मायालुबिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरतिबिनाको हुँदो हो कति निराश एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शब्दः चाँदनी शाह
संगीतः दिपक जंगम
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!