आमा भएर बोकी हेर सन्तानका पीरहरू
आमा भएर बाँडी हेर सन्तानका खुशीहरू
सन्तानका खुशीहरू
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँची हेर सन्ताप अनि दुःखमा
सन्ताप अनि दुःखमा
एकपल्ट नियाली हेर आमाका दुवै आँखामा
एकपल्ट नियाली हेर आमाको दुवै आँखामा
बुझ्न खोज त्यसमा लुकेका दुःख सुस्केराहरू
एकपल्ट अडेर हेर आमाको संग्लो मनमा
छुन सक त्यसमा उर्लेका माया ममताहरू
आमा भएर बोकी हेर
धर्ती भई एकचोटी सही हेर अरूले कुल्चेको
धर्ती भई एकचोटी सही हेर अरूले कुल्चेको
आगो भई एकचोटी बली हेर अरूले तापेको
आकाश बनेर फैलाई हेर मायाको ओढ्ने
पवन बनेर फिजाई हेर स्नेहको बिछ्यौना
आमा भएर बोकी हेर
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी