आज भोलि किन हो तिमी
सपनामा देखिन छाडेकी
सपनामा देखिन छाडेकी
सँगै बसी गरेका कुरा
हो कि खाली मलाई ढाँटेकी
हो कि खाली मलाई ढाँटेकी
सपनामा तिमीलाई देख्छु सधै भरी
जाने बेला भनिगयौ माया गरी गरी
सपनामा तिमीलाई देख्छु सधै भरी
जाने बेला भनिगयौ माया गरी गरी
कति नीद बितिसके तिमी भने आईनौ
कुहिरोको घुम्टो खोली सरमले च्याईनौ
आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी
सपनामा देखिन छाडेकी
सँगै बसी गरेका कुरा
हो की खाली मलाई ढाँटेकी
हो की खाली मलाई ढाँटेकी
बालकको खेल्ने घर हाम्रो प्यार हैन
जति जाऊ तिमी पर बिर्सने म छैन
बालकको खेल्ने घर हाम्रो प्यार हैन
जति जाऊ तिमी पर बिर्सने म छैन
शीतलाई सुस्ताए झै फूल छाती माथी
तिमीलाई सम्झेको छु मैले मेरै साथी
आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी
सँगै बसी गरेका कुरा
हो कि खाली मलाई ढाँटेकी
हो कि खाली मलाई ढाँटेकी
शब्दः किरण खरेल
संगीत/स्वरः शिव शंकर मानन्धर