आकाशैको कालो बादल
आहै लरिबरि, आहै लरिबरि
आकाशैको कालो बादल
पानी पऱ्यो झम्म झम्म
पानी पऱ्यो झम्म झम्म
मादलुको तालैमा नाचौँ आज छमछम
मादलुको तालैमा नाचौँ आज छमछम
माइती राजा सम्झी आयौ
आहै है आहै
माइती राजा सम्झी आयौ
परदेशको मोह त्यागेर
परदेशको मोह त्यागेर
रमाइलो यो भेटैमा नाचौ गाऔँ दिलै खोलेर
रमाइलो यो भेटैमा नाचौ गाऔँ दिलै खोलेर
भोलि कल्ले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लै लै
मरिन्छ कि बाँचिन्छ लै लै
सम्झना नै मीठो हुन्छ जुनी जुनी साँचिन्छ लै लै
भोलि कल्ले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लै लै
सम्झना नै मीठो हुन्छ जुनी जुनी साँचिन्छ लै लै
केही मीठो सम्झनाले
आहै है आहै
केही मीठो सम्झनाले
दुःख पीर सबै बिर्सेर
परदेशबाट फर्कि आयौ आफ्नै प्यारो माटो सम्झेर परदेशबाट फर्कि आयौ आफ्नै प्यारो माटो सम्झेर
बिर्सियौ कि माइती राजा झ्याउरे र मारूनी भाका
झ्याउरे र मारूनी भाका
सारङ्गीको मीठो धुन मुर्चुङ्गा र बिनायो बाजा
बिर्सियौ कि माइती राजा झ्याउरे र मारूनी भाका
सारङ्गीको मीठो धुन मुर्चुङ्गा र बिनायो बाजा
सम्झनाले सधै तान्छ
आहै है आहै
सम्झनाले सधै तान्छ
नेपाली मन मुहार हँसिलो
नेपाली मन मुहार हँसिलो
हामीलाई त लाग्छ नि लै लै आफ्नै गाउँको पानी रसिलो
हामीलाई त लाग्छ नि लै लै आफ्नै गाउँको पानी रसिलो
परदेशबाट फर्कि आयौ आफ्नै प्यारो माटो सम्झेर
हामीलाई त लाग्छ नि लै लै आफ्नै गाउँको पानी रसिलो
परदेशबाट फर्कि आयौ आफ्नै प्यारो माटो सम्झेर
हामीलाई त लाग्छ नि लै लै आफ्नै गाउँको पानी रसिलो
शब्द/संगीतः तुलसी पराजुली
स्वरः तुलसी पराजुली र लोरेटो सिंह