आकाशमा एक्लो तारा
कहिले कतै देखा परे
मेरो माया सम्झिनु है
कहिलेकाहीँ तिमीले पनि
कहिलेकाहीँ तिमीले पनि
तिमीलाई पनि सम्झुँला म
तिमीलाई पनि सम्झुँला म
कतै एक्लै गए पनि
लेखि जाउँला एउटा गीत
कतै टाढा गए पनि
जिन्दगीका घामहरू
कहिले कतै दुख्ने गरे
मेरो माया सम्झिनु है
कहिलेकाहीँ तिमीले पनि
कहिलेकाहीँ तिमीले पनि
एउटा फूल राखुँला म
एउटा फूल राखुँला म
सबै फूल झरे पनि
उनि दिउँला माला एउटा
जीवन सबै गए पनि
नीदभित्र सपनाहरू
कहिले कतै आउने गरे
मेरो माया सम्झिनु है
कहिलेकाहीँ तिमीले पनि
कहिलेकाहीँ तिमीले पनि
आकाशमा एक्लो तारा
कहिले कतै देखा परे
मेरो माया सम्झिनु है
कहिलेकाहीँ तिमीले पनि
कहिलेकाहीँ तिमीले पनि
शब्दः ईश्वर बल्लभ
संगीतः
स्वरः अरूणा लामा