आएँ
आएँ नफर्कि किन म छोड्थेँ
पन्छीझै गुडको गुडैमा
किन म बस्थेँ त्यही नफर्की
मान्छेझै माटोको माटैमा
आएँ
नदी भई बग्दै हिमचुलीबाट एकचोटी पुगे पनि सागरमा
नदी भई बग्दै हिमचुलीबाट एकचोटी पुगे पनि सागरमा
मेघ बनिकन किन म फर्कुँ गंगा भई शिवजीको शिरैमा
मेघ बनिकन किन म फर्कुँ गंगा भई शिवजीको शिरैमा
आएँ नफर्कि किन म छोड्थेँ पन्छी झै गुडको गुडैमा
किन म बस्थेँ त्यही नफर्की मान्छेझै माटोको माटैमा
आएँ
मातृभूमिको ऋण बुझाउन बिजुलीझै दौडेर बिजुलीमा
मातृभूमिको ऋण बुझाउन बिजुलीझै दौडेर बिजुलीमा
आएँ नआई किन म छोड्थेँ यो प्राण बोकेर अञ्जुलीमा
आएँ नआई किन म छोड्थेँ यो प्राण बोकेर अञ्जुलीमा
आएँ नफर्कि किन म छोड्थेँ
पन्छी झै गुडको गुडैमा
किन म बस्थेँ त्यही नफर्की
मान्छेझै माटोको माटैमा
आएँ
शब्दः बालकृष्ण सम
संगीतः शिवशंकर मानन्धर
स्वरः माणिक रत्न