आऊँ भने गाउँ छ टाढा, जाऊँ भने बिछट्टै माया छ
लाऊँ भने फूलको थुँगा, ओईली जाने दुई दिने छायाँ छ
जति जति लर्किन्छ आँखा, उतिउति तर्किने यो दिन

राति राति धड्कन्छ मुटु, कति कति चर्किने यो मन
आऊँ भने गाउँ छ टाढा, जाऊँ भने बिछट्टै माया छ
सधैभरि गुनासो गरि, केको माला यो मैले गुथेँछु

कस्तो प्रीति गरेर मैले, रातैभरि तस्विर कुधेँछु
आऊँ भने गाउँ छ टाढा, जाऊँ भने बिछट्टै माया छ
लाऊँ भने फूलको थुँगा, ओईली जाने दुई दिने छायाँ छ
शब्दः रबिन्द्र शाह
संगीत/स्वरः नातिकाजी श्रेष्ठ