आँशु र सुस्केराका…….

आँशु र सुस्केराका बाचाहरू
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
हाँसो र खुशीका कसमहरू
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
माया र विश्वासमा कहिले
बाचा बाँधिन्नन् बाचा बाँधिन्नन्
माया र विश्वासमा कहिले
बाचा बाँधिन्नन् बाचा बाँधिन्नन्
साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्नन्
आँशु र सुस्केराका बाचाहरू
हाँसो र खुशीका कसमहरू
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्

लाग्दछ माया त्यो लाएर कहाँ लाइने हो र
खोसेर पाइन्न त्यो न त माग्दैमा नै दिइन्छ
लाग्दछ माया त्यो लाएर कहाँ लाइने हो र
खोसेर पाइन्न त्यो न त माग्दैमा नै दिइन्छ
समय बद्लिदैमा बद्लिने त्यो होइन
जीवनको परिधिभित्र सीमित त्यो छैन
समय बद्लिदैमा बदलिने त्यो होइन
जीवनको परिधिभित्र सीमित त्यो छैन
आँशु र सुस्केराका बाचाहरु
हाँसो र खुशीका कसमहरु
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

सम्झाउन सकिन्न केही परिभाषा दिएर
पिरतीको छैन यहाँ खोजेर उपमा कुनै
सम्झाउन सकिन्न केही परिभाषा दिएर
पिरतीको छैन यहाँ खोजेर उपमा कुनै
देखाउन सकिन्न केही प्रमाण दिएर
त्यसको छदै छैन पाइन्न यहाँ आकृति कुनै
देखाउन सकिन्न केहि प्रमाण दिएर
त्यसको छदै छैन पाइन्न यहाँ आकृति कुनै
आँशु र सुस्केराका बाचाहरू
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्
हाँसो र खुशीका कसमहरू
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्
त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

शब्दः चाँदनी शाह
संगीतः नातीकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!